अनिश आलेकाे मृत्त शरिर
गोरखा । गोरखा बजारको अनिश हत्या आरोपमा ७ जनालाई कारागार चलान गरिएको छ । असार ३० गते बिहान ७ः०० बजे मृत्त फेला परेको अनिश आलेको हत्या भएको आरोपमा गोरखा अदालतले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
गोरखा नगरपालिका ८ निवासी आलेको मृत्त शरिर सोही वडाको नयाँ बस्ती (खोलखोले) क्षेत्रमा फेला परेको थियो ।
हत्या भएको भन्दै उनका परिवारले दिएको जाहेरीको आधारमा गोरखा प्रहरीले अनुसन्धान पछि सोमबार अदालत पेश गरेको थियो ।
पक्राउ परेका गोरखा नगरपालिका ८ बस्ने २० बर्षिय शिशिर थापा, पालुङटार नगरपालिका ८ बस्ने १९ बर्षिय सचिनबावु कोईराला, पालुङटार नगरपालिका २ का १९ बर्षिय शुलभ राना मगरलाई सोमबार अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
त्यस्तै गरी धार्चे गाउँपालिका ५ का २३ बिर्षय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका ४ बस्ने २१ बर्षिया विण्णु विक, तनहँ जिल्ला बन्दीपुर गाउँपालिका ६ घर भएका १९ बर्षिय प्रर्थम गुरुङ र दाङ जिल्ला गढवा गाउँपालिका ८ घर भएका ४२ बर्षिय नरेश बुढालाई पनि पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिए ।
पक्राउ परेका सातै जना बिरुद्व असार ३१ गते कर्तब्य ज्यान मुद्वा शिर्षकमा मुद्वा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको थियो ।




















