गोरखा । गोरखा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल र पालुङटार नगरपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा आइतबार थप ५ जनामा संक्रमण देखिएको हो ।
गोरखा अस्पतालमा २ जना महिला र ५ जना पुरुषमा गरिएको परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुषमा पोजेटिभ देखिएको छ भने पालुङटार नगरपालिकामा ५ जना महिला र ३ जना पुरुषमा गरिएको परिक्षणमा २ जना महिलामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
आज संक्रमण देखिएका सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ४० रहेको पनि कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार साउन १ गते यता २२५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ६२ जनामा संक्रमण देखिएको र २२ जनाले कोरोना जित्न सफल भएका छन् ।





















