गोरखा । आज गोरखाको ३ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ६ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण देखिएकाहरुमा ३–३ जना महिला र पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
शुक्रबार गोरखा अस्पताल, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा ६ जना महिला र ८ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा पालुङटार नगरपालिकामा १ जना पुरुष र सिरानचोक गाउँपालिकामा ३ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, गोरखा अस्पतालमा २–२ जना महिला र पुरुषमा एन्टिजेन गरिएको भएता पनि कोही कसैलाई पोजेटिन नदेखिएको गोरखा अस्प्तालले जनाएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लाको ७ स्थानिय तहमा ४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार ०७९ साल साउन १ गते यता जिल्लाको विभिन्न स्थानमा गरी २१० जनामा एन्टिजेन परिक्षण गरिएको र त्यस मध्ये ५७ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये आजसम्म १४ जनाले कोरोना जित्न सफल भएका छन् ।



