गोरखा । नेपाली काँग्रेस पालुङटार नगर कार्य समितिले करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
नगर कार्य समितिले आज विज्ञप्ति निकालेर आब२०७९–०८० सुरु भएपछि साउन १६ गतेबाट लागु हुने गरी करारमा कार्यरत ९ जना कर्मचारीहरुलाई म्याद थप नगरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रलाई समेत बेवास्था गरी कामको आधारमा नभई बैचारिक आस्थाका आधारमा कर्मचारी हटाएको नगर सभापति विमल ढकालले बताए ।
कर्मचारीलाई नियम बिपरित प्रदेश लोक सेवा आयोगबाट पदपुर्ती प्रक्रिया समेत सुरु नहुँदै निश्कासन गरिएको प्रति नगर समितिले आपत्ति जनाउदैँ बिना शर्त तत्काल काममा लगाउन ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।
विज्ञप्तीमा आगामी दिनमा यस्तो गलत काम कारबाही नगर्न नगराउन नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण गराएको छ । यदि यस्ता गतिबिधि भएमा नेपाली काँग्रेस पालुङटार नगर कार्यसमिति बिधि र पद्दतिअनुसार अघि बढ्ने बिज्ञप्तीमा भनिएको छ ।


