सन्दर्भ तस्बिर
गोरखा । उत्तरी गोरखाको यारुबगरमा भिरबाट खसेको ढुङ्गाले लागेर घाईते भएका १ जना युवकलाई हेलिकप्टर मार्फत उद्वार गरिएको छ । धार्चे १ यारुबगरमा भिरबाट खसेको ढुंगा लागेका चुमनुब्री गाउँपालिका ७ का ३७ बर्षिय पुलसिं गुरुङ आज हेलिमार्फत उद्वार गरिएको हो ।
घाईते गुरुङलाई हेलि मार्फत उद्वार गरेर राजधानीको टिचिङ अस्पताल पुरर्याएको छ । सिर्दिबासको फिलिममा खाद्यान्न पुरयाएर फर्कने क्रममा शुक्रबार बिहान १० बजेतिर यारु बगरको क्यान्टिलिभर पुल नजिकै भिरबाट खसेको ढुंगाले टाउकोमा लागेर गंभिर घाईते भएका थिए ।
ढुङ्गाले लाग्दा गुरुङको हात र खुट्टामासमेत गम्भीर चोट लागेको छ । उनको अहिले उपचार भई रहेको छ ।


