काठमाण्डौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा घर भएका १ जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१० बस्ने गोरखा जिल्ला गोरखा नगरपालिका–७ घर भएका ४६ वर्षीय दिपकचन्द्र आचार्य भएको प्रहरीले पुष्टी गरेको छ ।
आचार्यले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौं थापागाउँबाट पक्राउ गरेको हो ।
१९ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



