गोरखा । लागू औषधका फरार ब्यक्तिलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गोरखा अदालतबाट कैद र जरिवाना ठहर भएका गोरखा सदरमुकामका राजु शाहीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
गोरखा नगरपालिका ६ घर भएका शाहीलाइ गोरखा अदालतबाट १ महिला कैद तोके पछि फरार भएका थिए । उनलाई बिहीबार नै पक्राउ गरी अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अदालत पेश गरिएका शाहीलाई कैद भुक्तानीका लागि आजै गोरखा कारागार चलान गरिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।


