काठमाण्डौं । गोरखाका धावा घ्याल्चेन करिब ५० लाख रुपैयाँ सहित राजधानीबाट पक्राउ परेका छन् ।
काठमाण्डौं महानगरपालिका ६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका १ सामागाउँ घर भएका २४ वर्षीय घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौं महानगरपालिका ६ भूकुटी चोकबाट बा. ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले उनको डेराबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।
पक्राउ परेका घ्याल्चेनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रभागले जनाएको छ ।


