गोरखा । प्रहरीले बन मुद्वामा जेल सजाय भएर फरार भएका १ जना अभियुक्तहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका १ बस्ने २९ वर्षिय मती गुरुङ रहेको पुष्टी गरेको छ ।
गुरुङ जिल्ला अदालतबाट बन मुद्दामा १७ दिन कैद तोकिए पछि फरार रहेका थिए । उनलाई पक्राउ गरी कैद भुक्तानको लागि आजै गोरखा जिल्ला अदालत पेश गरिएको थियो ।
अदालतले आजे गुुरुङलाई कैद भुक्तानका लागि गोरखा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी लिलाराज लामिछाने जानकारी दिए ।
तस्बिर गाेरखा प्रहरी




















