गोरखा । आज गोरखाको विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ८ जनामा संक्रमण देखिएको छ । बुधबार २३ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्प्तालमा ३ जना महिला र १ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १–१ जना महिला र पुरुष र पालुङटार नगरपालिकामा ३ जना महिला र ६ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणको क्रममा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी, आरुघाट गाउँपालिकामा २ जना महिला र ६ जना पुरुषको परिक्षण गर्दा २ जना पुरुष र अजिरकोट गाउँपालिकामा १–१ जना महिला र पुरुषमा गरिएको परिक्षणमा १ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये २ जना महिला र ६ जना पुरुष रहेका छन् । कार्यालयका अनुसार ९ जना महिला र १४ जना पुरुषमा आज एन्टिजेन परिक्षण गरिएको थियो ।
आज परिक्षण गरेर संक्रमण देखिएका सहित जिल्लामा ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।




















