गोरखा । भिमसेन थापा गाउँपालिकाले सूचनाको लागि डिजिटल प्रणाली शुरु गरेको छ । पालिकाको वेवसाईटमा राखिएका सूचनाहरुलाई क्यूआर कोड जेनेरेट गरी मोबाईलबाटै स्क्यान गर्न र सूचना छिटो छरितो प्राप्त गर्ने माध्यम अपनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले आफ्ना सूचनाहरु जनस्तरसम्म पुर्याउनका लागी डिजिटल प्रबिधि मार्फत शुरु गरिएको हो । क्यूआर कोड स्क्यान गरी अब नागरिकले सिधै सूचना लिन सक्ने पनि पालिकाले जनाएको छ ।
पालिका भित्रका नागरिकले अब सूचना डिजिटल प्रणाली मार्फत छिटो र छरितो रुपमा प्राप्त गर्न सक्ने पालिकाले विश्वास लिएको छ ।
पालिकाले सुचनाकै लागि चाढै नै एप बनाउने पनि जनाएको छ । निर्माण प्रकृयामा रहेको एक सार्वजनिक भएसँगै हरेक नागरिकले मोबाईलबाटै सूचना प्राप्त गर्नसक्ने छ ।




















