गोरखा । भीमसेन थापा गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई आज लौरो बितरण गरिएको छ । पालिकाको ६ अन्तरर्गत रहेको अश्राङका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई लौरो बितरण गरिएको हो ।
गाउँपालिकाको जेष्ठ नागरिक सन्मान कार्यक्रम अन्तरर्गत ६ स्थित अश्राङका १३० जना जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई लौरो बितरण गरेको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।
‘लौरोको साहारा लिएर हिडडुल गर्नुपर्ने अबस्थामा रहेका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको पहिचान गरि लौरो बितरण गरेको गाउँपालिकाले जनाएको छ ।
सवैलाई एकैपटक बितरण गर्न नसकेपनि पहिलो चरण अति आबश्यक व्यक्तिहरुको पहिचान गरि लौरो बितरण गरिएको पनि गाउँ पालिकाले जनाएको छ ।


