गोरखा । अबरुद्व गोरखा–आँबुखैरेनी सडक खण्ड सुचारु भएको छ । मंगलबार बिहान आएको अबिरल बर्षा पछि गोरखा नगरपालिका १३ को मजुवादेउराली नजिकै पहिरो जादा दुवै तर्फको यातायात अबरुद्व भएको थियो ।
दिउसो २ बजेपछि आएको पहिरोका कारण अबरुद्व सडक गोरखा नगरपालिकाको पहलमा मेशिन प्रयोग गरेर हटाए संगै दुवै तर्फको यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
राजमार्गमा आएको पहिरोका कारण केही घण्टा यातायात अबरुद्व हुदा सर्व साधारण यात्रुहरुले सास्ती ब्यहोनु परेको थियो ।
तस्बिर ध्रुवप्रसाद घिमिरे/गाेरखा नगरपालिका



























