गोरखा । जिल्लाको आँपपिपल अस्पतालमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जनामा संक्रमण पुष्टी भएको छ ।
अस्पतालमा आज ४ जना महिला र १ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना पुरुषमा संक्रमण देखिएको हो ।
पालुङटार नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीका अनुसार संक्रमित ब्यक्ति पालुङटार नगरपालिका ३ आँपपिपल क्षेत्रको भएको जानकारी दिए ।
जिल्लामा आज संक्रमण देखिएका सहित सक्रिय संक्रमितको संख्या २४ पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार सोमबारसम्म गोरखा नगरपालिकामा ९ जना, पालुङटार नगरपालिकामा ७ जना, शहिद लखन गाउँपालिकामा ५ जना र भीमसेन थापा, आरुघाट र सिरानचोक गाउँपालिकामा १–१ जना सक्रिय संक्रमित रहेका छन् ।
०७९ साल साउन १ गते यता जिल्लाको विभिन्न स्थानमा गरी कुल १४६ जनामा एन्टिजेन परिक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको ११ जनाले कोरोना जित्न सफल भएको स्वास्थ्य कार्यालय गोरखाका फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।




















