गोरखा । मनकामना केबुल कारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा नियुक्ती गरेको छ ।
नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्षसमेत रहेका श्रेष्ठलाई उक्त समितिको अध्यक्ष नियुक्त गरिएको पत्र सोमबार दिइएको हो । पत्रमा फेडेरेसनका अध्यक्ष पौल चुआले हस्ताक्षर गरेका छन् ।
शारीरिक सुगठन खेलको विकास र प्रवर्द्धन गर्न श्रेष्ठको निरन्तर योगदान, जाँगर र सहयोगबाट प्रभावित भई फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त गरिएको उल्लेख छ ।





















