×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमरसिंह थापा एक परिचय

  •  गोरखा समाचार
  • सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । अमरसिंह थापा नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० किमि ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए । त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौँ ।

    व्यक्तिगत जीवन

    उनको जन्म विसं १८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि मारवाट अनुसार उनले पिताको स्थान लिए । उनी रणजय (रन्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ ।

    थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । काजी वीरभद्र थापा पनि २३औँ पुस्ता हुन भनी लेखिएको छ । उनका चारवटी मुखिनी भएको कुरा उनै राख्न लाएको अभिलेखबाट थाहा पाइन्छ । जेठीको नाउँ धर्मावती, माहिलीको नाउँ रुद्रावती, साहिँलीको नाउँ धर्मदेवी र कान्चीको नाउँ लालवती हो भनेए त्यही अभिलेखमा लेखिएको छ ।

    उनका पुत्र काजी रणजोर सिंह थापाले पनि उनीसँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए । उनका अर्का पुत्र रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी काजी थिए । त्यस्तै अर्का छोरा नरसिंह थापाको मोहरछाप मकवानपुरको एक पत्रमा पाइएको थियो ।

    प्रसिद्धि

    आज पनि उनलाई नेपालको ज्यूँदो बाघ मानिन्छ । उनलाई एसियाली वीरहरू सँग तुलना गरिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको नाम यिनको नाममा राखिएको हो । अमरगढी किल्लामा यिनको यो प्रसिद्ध भनाइ सहितको मूर्ति छ । प्रसिद्ध भनाइ ः ‘म बाघको बच्चा डमरू हुँ, सिनो खाने कुकुर हैन।’

    योगदान

    उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन् ।

    • नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे ।
    • उक्त कामका लागि डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए जसलाई अङ्ग्रेजले पार गर्न असफल भए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रको विजय हुँदै गयो ।
    • पाल्पालाई नेपालमा गाभे ।
    • महाकाली नदी भन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवा प्रदान गरे ।
    • पञ्जाबका राजा रणजीत सिंह विरूद्ध युद्ध गरेका थिए ।
    • अंग्रेजले नेपाल बिरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुन आदि ठाउँमा युद्ध लडे ।
    • डेभिड अक्टरलोनीका पुत्र र अमरसिंहका पुत्र रणजोरको मितेरी सम्बन्ध भएतापनि अलिकति पनि सङ्कोच मानेनन् ।
    • गङ्गा नदीको उदगमस्थल गंगोत्रीमा एउटा मन्दिर स्थापना गरेका थिए जुन् अहिले भारतिय हिमालयको चार धाम बन्न पुगेको छ ।

    मृत्यु

    उनको इच्छा विपरीत सुगौली सन्धि भएपछि उनी निर्वासमा गोसाइँकुण्ड गए । त्यहीँ यिनको विसं १८१६ मा निधन भयो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.