गोरखा । सिरानचोक गाउँपालिका आज सार्वजनिक विदा दिइएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोककोटमा विस १८३८ माa चौविसे राज्यहरुसगँ लडाईमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल तथा नेपालको एकिकरणको लागि महानभुमिका खेलेका अमरसिंह थापाको २०७औं स्मृति दिवसको अवसरमा पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पालिकाको गाउँसभाको निर्णय सोमबार अर्थात साउन १६ गते गाउँपालिका भित्रका सबै कार्यालय, शिक्षण संस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
आजै गाउँपालिकाको ६ को गाँखु स्थित अमरसिंह पार्कमा विविध कार्यक्रम गरी थापाको स्मृति दिवस मनाइने तयारी भई रहेको पनि पालिकाले जनाएको छ ।




















