गोरखा । विभिन्न मुद्वाका ३ जना फरार प्रतिबादीलाई प्रहरीले आज पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका सबै पालुङटार नगरपालिकाको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना भएर फरार रहेका अभियुक्तरुलाई ईलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सार्वजनिक मुद्वा, बन मुद्वा र लागु औषध मुद्वाका १–१ जना रहेको पनि ठाँटी पोखरी प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई आइतबार नै गोरखा जिल्ला अदालत पेश गरिएकोमा सार्वजनिक र बन मुद्वाका अभियुक्तले अदालतले तोकेको जरिबाना दाखिल गरेर छुटेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये लागु औषध मुद्वाका पालुङटार नगरपालिका ६ बस्ने २५ बर्षिय मनोज श्रेष्ठलाई भने अदालतले कैद भुक्तानका लागि गोरखा कारागार चलान गरेको छ ।


