गोरखा । अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको बिल्कुलै नयाँ सांगीतिक सौगात ‘कसम’ सार्वजनिक भएको छ ।
साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अमेरिकामा रहेका अर्का संगीतकार अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।
गौतम बुद्ध जन्मस्थल लुम्विनी भित्र छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।
भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । यसअघि गीतकार मिश्रको शब्दमा रहेको ‘हंगामा भो’, ‘फुल बनी’, ‘चिनी अमिलो’, ‘बालै भएन’, ‘माया बसेछ’, ‘छ पक्कै ल पक्कै’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।


