गाेरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको केन्द्रिय समितिको उप महासचिवमा गोरखाका दिपक श्रेष्ठ र सचिवमा प्रल्हाद पोखरेल चयन भएका छन ।
प्रेस सेन्टर नेपालको काठमाण्डौमा यहि श्रावण १३ र १४ गते गरि सम्पन्न केन्द्रिय समितिको दोश्रो पुर्ण बैठकबाट रेडियो मनास्लुका स्टेशन म्यानेजर श्रेष्ठलाई उप महासचिव र मनकामना एफ एमका कार्यकारी प्रमुख पोखरेललाई सचिवमा चयन गरेका हुन।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संघीय समाजबादी पार्टी निकट पत्रकारहरुको संगठनको केन्द्रिय उपाध्यक्ष थिए ।


