जाेखिमा परेका बस्तीका परिवारलाई त्रिपाल बितरण गर्दै अघ्यक्ष भट्ट
गोरखा । गोरखाको १ स्थानिय पालिकाले जोखिममा परेका बस्तीका परिवारलाई त्रिपाल बितरण गरेको छ । साउन १ गतेदेखि निरन्तर परेको बर्षाका कारण बारपाक सुलिकोट २ मान्द्रे फुसिनानको बस्तीका परिवारलाई पालिकाले त्रिपाल बितरण गरेको हो ।
पालिका अध्यक्ष बिष्णुप्रसाद भट्टसहितको टोलीले स्थलगत अनुगमन गरी पिडित १२ परिवारलाई आज त्रिपाल वितरण गरिएको पालिकाले जनाएको छ ।
वर्षाका कारण बस्ती माथीको सडक भाँसिएको र मानव बस्ती जोखिममा परेको भन्दै तत्काल राहत स्वरुप त्रिपाल बितरण गरिएको पालिका अध्यक्ष भट्टले बताए । उनका बस्तीमा १२ परिवारलाई २–२ थानको हिसाबले त्रिपाल वितरण गरिएको हो ।
त्रिपाल वितरण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर गुरुङको समेत उपस्थिती रहेको थियो ।


