गोरखा । नारायणी नदीमा चिप्लिएर खसेका गोरखाका रमेश खनाल बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका १ मा रहेको जोरकुसुम पार्कमा रहेको चौतारा सरसफाई गर्ने क्रममा खनाल चिप्लिएर नारायणी नदिमा खसेका थिए ।
४५ वर्षका खनाल लामो समयदेखि भरतपुर महानगरपालिका २ को क्षेत्रपुर बस्दै आएका थिए ।
बेपत्ता भएका खनालको खोजीको लागि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षक सहितको विपत्त उद्धार टोलि परिचालन गरिएको छ ।
बिहीबार दिउसो ५ वजे घटेको घटना लगत्तै स्थानिय र प्रहरीले उनको खोजी ब्यापाक पारेको भएता पनि शुक्रबार बिहानसम्म पनि उनको अवस्था पत्ता नलागेको चितवन प्रहरीले जनाएको छ ।




















