गोरखा । गोरखा प्रहरीले विभिन्न अपराध पछि फरार रहेका ७ अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीहरुको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिन कैद तोकिई फरार रहेका पालुङटार नगरपालिका ३ बस्ने बर्ष ३२ को शम्भु बयलकोटी र सोही ठाँउ बस्ने बर्ष २५ को डिल्लीराम नेपाली र जुवा मुद्दाका गरी ७ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछाने जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका सबैलाई कैद जरिवाना असुल उपरको लागि गोरखा जिल्ला अदालतमा पठाईएकोमा जुवा मुद्दामा फरार अभियुक्तहरुलाई तोकिएको जरिवाना वापतको रकम दाखिला गरी रिहा भएका छन् भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्तहरु कैद भुक्तानको लागि गोरखा कारागार चलान गरिएको गोरखा प्रहरीले जनाएको छ ।


