गोरखा । गोरखा बजारको कट्टेल चोकमा आज सवारी दर्घटना भएको छ । दर्घटनामा परी १ जना पुरुष गंभिर घाईते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुुसार उक्त स्थानमा मिनिट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटर साइकल चालक गंभिर घाइेते भएका हुन् ।
गोरखा बना।बाट आबुखैरेनी तर्फ जादैँ ग. १ क ४९२० को नम्बरको मिनिट्रक र विपरित दिशाबाट आउदै गरेको ध. १ प २०७८ नम्बरको मोटरसाइकल आज दिउँसो २ः४० बजे गोरखा नगरपालिका ८ को कट्टेल चोकमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक भिमसेन थापा गाँउपालिका ६ का भबबहादुर थापा मगर गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए ।
घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारकालागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।
घाईते मगर शसस्त्र प्रहरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
तस्बिर कामा एडीकाे फेसबुक पेजबाट


