गोरखा । भीमसेन थापा गाउँपालिकामा आज सार्वजनिक बिदा दिईएको छ । गाउँपालिकाले भीमसेन थापाको जन्मजयन्तीको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
आजै राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ ।
यसै बिच आज गोरखा नगरपालिका ४ को भिमसेन पार्कमा पनि उनको स्मृतीमा एक कार्यक्रम आयोजना गरिएको छ ।


