गोरखा । नेपाल प्रेस युनियनको रेडियो तर्फको सचिवमा गोरखाका नरहरी सापकोटा निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणना अनुसार सापकोटाले उनका प्रतिद्वन्दी कैलालीका डम्बरबहादुर बमलाई पराजय गरेका हुन् ।
गोरखाका सापकोटाले अध्यक्ष शिव लम्साल प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए । बमले भने संस्थापन पक्षका अनिता बिन्दु पक्षबाट उम्मेदवारी दर्ता गराएका थिए ।


