गोरखा । पछिल्लो पटक देशैभरी कोरोना संक्रमण बढेको भन्दै जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेहरुलाई अनिर्वाय मास्क लगाउन भनिएको छ । आज जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड ब्यवस्थापन समितिको बैठकले सरकारी कार्यालयमा काम लिएर आउने जो कोहीले पनि अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने भनिएको हो ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको संयोजकत्वमा आइतबार बसेको बैठकले ‘सरकारी कार्यालय भित्र प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिर्वाय गर्ने र प्रत्येक कार्यालयको प्रवेश द्वारमा स्यानिटाइजको ब्यवस्था मिलाउने’ भन्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक आचार्यले जानकारी दिए ।
त्यस बाहेक पनि सार्वजनिक यातायातमा मास्कलाई अनिर्वाय गर्ने निर्णय गरेको छ । बैठकले सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिर्वाय गर्ने र स्यानिटाइजरको ब्यवस्था मिलाउनु पर्ने भनिएको छ ।
आजै बसेको बैठकले गोष्ठी, सेमिनार, बैठक, विद्यालय, विश्व बिद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका ब्यवसाय तथा मनोरञ्जन स्थलहरु र स्टेडियममा पनि अनिर्वाय मास्क प्रयोग गर्न भनेको छ ।
समितिले मन्त्रालयले गरेको पत्राचारको आधारलाई सिरानी राखेर मात्र निर्णय गरेको देखिन्छ । तर निर्णय कार्यान्वयमा कसको के भूमिका हुने र जबरजस्ती गर्नेलाई के कारवाही हुने भन्ने बिषयमा भने बैठकमा कुनै पनि निर्णय भएको देखिदैन ।
समितिले आज गरेकाे निर्णयहरु





