गोरखा । नेकपा कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) अन्तरर्गतको शहीद लखन गाउँपार्टी समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले गाउँपालिकामा सत्ता सञ्चालनका लागि पार्टीका तर्फ ३ सदस्सीय सत्ता सञ्चालन सयन्त्र गठन गरेको छ ।
गाउँ गाउँपार्टी समितिका सह सचिव तथा प्रचार बिभाग प्रमुख भरत खनालका अनुसार बैठकले रमेशकुमार श्रेष्ठको संयोजकत्वमा सत्ता संञ्चालन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा गाउँपालिका पार्टी समितिका उपाध्यक्ष ध्रुव खनाल र सचिव कृष्णबाबु श्रेष्ठ समेत सदस्य रहेका छन् ।
समितिले पार्टी नेतृत्वमा रहेको स्थानीय सरकारलाई योजना निर्माण, कार्यान्वयन लगायतका बिषयमा निर्देशित गर्नेछ । बैठकले पार्टीको गण्डकी प्रदेश समितिका खाली रहेका प्रदेश समिति तथा निर्वाचन क्षेत्र र जिल्ला समन्वयमा समेट्नु पर्ने नेताहरुको बिषयमा समेत सिफारिस गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख खनालले जानकारी दिए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पालिकाहरुमा निर्वाचन समिक्षा गर्न बाँकी रहेका वडामा समिक्षा बैठक गर्ने, रिक्त रहेको गाउँपार्टी सचिवालयमा कमलबहादुर परियार र तेजमाया गुरुङलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै गरी, आगामी संघ र प्रदेशको निर्वाचनको तयारी, मतदाता नामावलीमा नाम छुटेकाहरुको नामावली संकलन तथा निर्वाचनमा भएका खर्चको व्यवस्थापन लगायतका बिषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा सहभागी केन्द्रीय सदस्य अमर तमुले पार्टीलाई चलायमान बनाइ राख्न योजना निर्माण गरेर निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोडदिए ।
बैठकमा जिल्ला समन्वय समिति गोरखाको उप प्रमुख लिला परियारलाई सम्मान गरिएको थियो । बैठक गाउँपार्टी समितिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षतामा सम्पन्न भएको हो ।


