गोरखा । गोरखा अस्पताललाई हव अस्पतालको रुपमा बिकास गरिने भएको छ । सुबिधा सम्पन्न भवन रहेको गोरखा अस्पताललाई बहु बिशेषज्ञ सेवाको सुनिश्चिता र निरन्तरता दिने गरि तयारी थालिएको हो ।
अस्पताललाई हव अस्पतालको रुपमा बिकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्युट बिच हालै सम्झौता भइसकेको छ । हब अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरता भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.हरिकुमार श्रेष्ठले जानकारी दिए ।
जस अन्तरगत अबदेखि विषेशज्ञ चिकित्सक लगायत अन्य जनशक्ति, उपकरण तालिमको व्यवस्था गरि चिकित्सकिय सेवा सुबिधा अस्पतालबाट प्रदान गरिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । त्यस्तै अस्पतालमा त्यस्ता जनशक्तिको लागि आवास सुबिधा समेत मिलाउने गरि व्यवस्था हुने उनको भनाई छ ।
सम्झाैता पत्र
सम्झौता अनुसार गोरखा अस्पताललाई सेकेण्डरी ए स्तरको सेवा प्रदान गर्नु तथा सम्पुर्ण सेवाको निरन्तरता र गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने हुन्छ । सम्झौता यही महिनादेखि पूर्ण कार्यान्वयन आउने पनि गोरखा अस्पताल प्रशासनले जनाएको छ ।
सुबिधा सम्पन्न भवन निर्माण भएसंगै अस्पतालमा जटिल शल्य क्रिया समेत गर्न थालिएको छ । अस्पतालले पछिल्लो पटक विरामीको सुविधाको लागि कल्चर सेवा समेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालले केही समय भित्रै थाइराइट हर्मोन जाचं सेवा, डायलाइसिस, एचडियु, आइसियु लगायतका सेवाहरुपनि सञ्चालन ल्याउने तयारी थालेको छ ।





















