गोरखा । जिल्लाको भिमसेन थापा गाउँपालिकामा बुधबार घाँस काटेर घर फर्कने क्रममा भिरबाट लडेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका ५० बर्षका दयाराम लामिछानेको मृत्यु भएको हो ।
घर नजिकै रहेको टारीफाँट सामुदायिक बनमा घाँस काटेर घर तर्फ फर्कदै गरेका लामिछाने भिरबाट चिप्लिएर लड्न पुग्दा गंभिर घाईते भएका थिए ।
बुधबार दिउँसो करिब ३ः०० बजे घाँस लिएर फर्कने क्रममा लामिछाने घर नजिकैको भिरबाट चिप्लिएर झण्डै २० मिटर तल खसेका थिए । भिरबाट लडेर उनलाई गंभिर अवस्थामा आरुघाटमा रहेको आरुचनौटे प्राथामिक स्वास्थय केन्द्रमा पु¥याएको भएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । ।
लामिछानेको शव पोष्टमार्टम पछि उनको परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















