सन्दर्भ तस्बिर
मोरङ । विराटनगरमा युरेनियमका साथ गोरखा जिवन गुरुङ सहित १९ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ मा रहेको ठुलदाइको होटल र सोही महानगरपालिका ३ दुधफारमबाट युरेनियम सहित प्रहरीले १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम युरेनियम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले होटलबाट मोरङ धनपालथान गाउँपालिका ७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका २ बस्ने ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपलिका १२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका ७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका ९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।
यस्तै गरी, दुधफारमबाट गोरखा गण्डकी गाउँपालिका ८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका ६ बस्ने ४२ वर्षीय अब्दुलगनी खान, बर्दिबास नगरपालिका १२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, मोरङ ग्रामथान गाउँपालिका ३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका ५ बस्ने ३६ वर्षीय दिपकबहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका ३ बस्ने ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका ५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेको बिराटनगर प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




















