गोरखा । लामो समय पछि गोरखामा १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण भएकी महिला पालुङटार नगरपालिकाकी २१ बर्षिया महिलामा भएको पुष्टी भएको छ ।
बिरामी भएर गोरखा अस्पतालमा उपचार गराउन आएकी ति महिलाको एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण देखिएको गोरखा अस्पतालमा सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । ‘स्क्रब टाईफस भएर ति महिला उपचार को लागि आएको र सोमबार एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको’ अधिकारी ढकालले बताए ।
ति महिलाको स्क्रब टाईफसको परिक्षण आईजिजी गर्दा पत्ता लागेको गोरखा अस्पतालले जनाएको छ । महिलालाई घरमा नै सुरक्षित बस्ने गरी सोमबार नै अस्पतालले डिस्र्चाज गरेको हो ।
कोरोना पोजेटिभ देखिएका ति महिला सामान्य अवस्थामा रहेको पनि अस्पतालले जानकारी दिएको छ ।




















