काठमाण्डौं । सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित छ ।
गीतमा स्वर गायक सुधन गैरे र गायिका मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौराली रहेको छ । सुबाश भुषालले संगीतवद्द गरेको यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । भिडियोमा पवन सुस्लिङ्गको छायाँकन रहेको छ भने दिन्शन शाहको सम्पादन रहेको छ ।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ‘सानी’ जस्ता बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन् ।


