गोरखा । गोरखा बजारको खोलखोले क्षेत्रमा स्थायिन एक युवकको शव फेला परेको छ । गोरखा नगरपालिका ८ आहाले गाउँका २१ बर्षिय अनिष आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आलेको शव गोरखा नगरपालिका ८ कै खोलखोले क्षेत्रको नयाँ बस्तीमा नालीमा फेला परेको नयाँ बस्ती टोल बिकास समितिका अध्यक्ष लक्ष्मणकाजी श्रेष्ठले जानकारी दिए ।
घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको र लास प्रकृति मुचुल्का उठाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आलेको शरिरको विभिन्न भागमा चोट पटक देखिएकोले अनुसन्धानका क्रममा केही ब्यक्तिलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।
आलेको शव पोष्ट मार्टका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।
तस्बिर लक्ष्मणकाजी श्रेष्ठ



