गोरखा । गोरखा प्रहरीले विभिन्न जडीबुटी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । उत्तरी गोरखाबाट सदरमुकाम तर्फ ल्याउदै गरेको जडीबुटी सहित उनीहरु पक्राउ परेका हुन् ।
उत्तरी गोरखाको विभिन्न स्थानमा संकलित सेतक चिनी, सतुवा र बन लसुन सहित धार्चे गाउँपालिका ७ बस्ने सोमबहादुर गुरुङ र ३१ बर्षिय सुकबहादुर गुरुङलाई गोरखा प्रहरीले आरुघाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
सोमबहादुर भने बागमती प्रदेश ०१–०२६ च ८०९२ नम्बरको बोलेरो चालक भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सेतन चिनी ३०० केजी, बन लसुन ४६ केजी र सतुवा ४२ केजी रहेको छ । नियन्त्रणमा लिएका दुवै जनालाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय गोरखामा बुझाईएको छ ।




















