सन्दर्भ तस्बिर
गोरखा । गोरखाको बोर्लाङमा बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरर्गत स्वाँरा सघन गाउँ केन्द्र गोरखाको सहकार्यान्वयनमा साना किसानहरुका लागि बाख्रा पालन तालिम दिईएको हो ।
एैरि भञ्ज्याङमा भएको तालिमा ३६ जना साना किसानहरुको सहभागिता रहेको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए । एकदिने तालिममा सहभागीहरुलाई बाख्राको खोर निर्माण, रोगको पहिचान तथा औषधी उपचार गर्ने बिधि लगायतका बिषयमा अभिमुखीकरण गरिएको थियो ।
सहभागी कृषकहरुलाई भीमसेन थापा गाउँपालिका पशु सेवा बिभागका प्रमुख नारायण प्रसाद भट्टराई र स्वाँरा सघन गाउँ बिकास केन्द्रका देवीप्रसाद लामिछानेले सहजीकरण गरेका थिए ।


