गोरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्र २७ वटा सडकखण्डलाई प्राथामिकतामा राखेको छ । नगरपालिका भित्रका सडक प्राथामिकताका आधारमा छनौट गरेर आगामी आर्थिक बर्षका ४ करोड ७७ लाख बजेट बिनियोजन गरिएको छ ।
प्रार्थमिकतामा परेको आँपपिपल भन्ज्याङ–दार्मिचौर सडक स्तरोन्नतीका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने मालती गैरा–धारापानी–डुम्रे डाँडा–कदली सडक स्तरोन्नतीका लागि २५ लाख रुपैया बिनियोजन गरेको छ ।
उता लुइंटेल भञ्ज्याङ–लुइंटेल डाँडा–ओप्रि सडक २५ लाख, गौडा–पुरानो डी–ढिकीडाँडा सडक १० लाख, बाह्रपिर्के–नयाँगाउँ–रानीखोला–पपनेफाँट सडकका लागि ७५ लाख रुपैया नगरपालिकाले बिनियोजन गरेको छ ।
नगरपालिकाले प्रार्थमिकतामा राखेको सडक आयोजना अन्तरर्गत कालामाटा–जैसीथोक–बेतेनी सडकका लािग ३० लाख, तल्लो बोगटीगाउँ–सिउडेनि चौतारा सडक खण्ड स्तरोन्नतीका लागि १० लाख, रातमाटे–देवीस्थान सडकखण्डका लागि १५ लाख, लुइंटेल भञ्ज्याङ–लप्सी चौर–लाजिकोट बाघडाँडा सडकखण्डका लागि २५ लाख, हवाई ग्राउण्ड–भित्रि बाटो कालोपत्रे गर्नका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।
त्यस्तै गरी, नगरपालिका गेट देखि मूल सडक जोड्ने मार्गका लागि १८ लाख, ढुंगेटारी–चालिसे डाँडा–लामागरा सडकका लागि १६ लाख, बिरुवाटार–जुडीखोला–तिलाराम भञ्ज्याङ सडकका लागि २० लाख, बोहरागाउँ–राईगाउँ–खोल्सी गाउँ सडकका लागि १० लाख, पुतलीखेत–सिप्लिनडाँडा–बुडीचौर सडक र छरछरे सडक, झालुंगे फाँट–घडेरीखोला सडक निर्माणका लागि १०–१० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यता ठाँटिपोखरी बजार पैदल मार्ग निर्माणका लागि २० लाख, जयन्ति मार्ग सडकका लागि १५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
नगरपालिकाले काब्रे–सिरिसे–तिलाराम भञ्ज्याङ–जुडी खोला सडकका लागि १५ लाख, जोगीबेसी–डाँडापानि–पहिरा सडकका लागि ५ लाख, हजार फाँट सडकका लागि ३ लाख, लुङ्गा–खोप्लाङ–चापाभञ्ज्याङ सडक स्तरोन्नतीका लागि ५० लाख, बज्रे डाँडा भित्रि सडक, तल्लोफाँट अल्का चिलाउने सडक, चिसे खोला–साँगुगौडा कल्भर्टका लागि ५–५ लाख, ज्योति चौतारा– लुङ्गा सडकका लागि १० लाख रुपैया बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।


