गोरखा । रोटरी क्लब अफ गोरखा र रोट्रयाक क्लब अफ गोरखाले आज संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बर्ष २०२२-०२३ का अध्यक्षहरुलाई एक कार्यक्र बिच पदस्थापन गरिएको रोटरी क्लब अफ गोरखाले जनाएको छ ।
गोरखा सदरमुकाममा भएको कार्यक्रममा बर्ष ०२१-०२२ का अध्यक्ष बिशाल रानामगरले बर्ष ०२२-०२३ का अध्यक्ष कृण्ण ढकाललाई पद हस्तान्तरण गरिएको हो । त्यस्तै गरी रोट्रयाकका बर्ष ०२१-०२२ का अध्यक्ष समिर श्रेष्ठले बर्ष ०२२-०२३ का अध्यक्ष निरञ्जन कट्ट्ेललाई पद हस्तान्तरण गरिएको क्लबका काजिराम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको डिस्ट्रीक ३२९२ का गर्भनर राजेन्द्रमान शेरचनले मैन बत्ती बालेर उदघाट्न गरेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाम प्रमुख कृण्ण रानामगर, शहिद लखन गाउँपालिका प्रमुख रमेशबावु थापामगर र भीमसेन थापा गाउँपालिका प्रमुख लोक प्रसाद बञ्जाराको समेत बिशेष उपस्थिती रहेको थियो ।
कार्यक्रममा बर्ष ०२२-०२३ का अध्यक्ष द्वय ढकाल र कट्टेललाई गन गाबेल सहित पद हस्तान्तरण गरिएको थियो ।
रोटरी क्लब अफ गोरखाको बर्ष ०२२-०२३ का लागि अध्यक्षमा कृण्ण ढकाल, आईपिपीमा बिशाल रानामगर, पिई ज्ञानहरी अर्याल, पिएन बिनोद बस्नेत, भिपी रामस्वरुप श्रेष्ठ, सेक्रेटरी अन्जनबावु खत्री, ट्रेजरर अजितरमण खनाल र ज्वाई सेक्रेटरीमा संगमबावु श्रेष्ठ चयन भएको क्लबले जनाएको छ ।
त्यस्तै गरी, टिआरएफमा कृण्णप्रसाद ढकाल, पब्लिक इमेज चियरमा काजीराम श्रेष्ठ, मेम्बर सिफ चियरमा कुशललाल श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा सुरेन्द्र कुवर, क्लब एडमिनमा लक्ष्मी खत्री श्रेष्ठ, सर्जेट एट आर्म काशिनाथ अंगाई र क्लब ट्रेनरमा पवनरमण खनाल चयन भएका छन् ।
दुवै क्लबले जिल्लाको विभिन्न क्षेत्रमा सामाजिक काममा सक्रियता देखाउदै आएको छ ।


