गोरखा । द्रब्य शाह बहुमुखी क्याम्पसले जिल्लामा नै पहिलो पटक क्यूएए प्रमाण पत्र प्राप्त गरेको छ । क्याम्पसको अन्तराष्ट्रिय स्तरका शैक्षिक गुणस्तर भएको भन्दै विश्व विद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र (क्यूएए) पाएको हो ।
जिल्लामा नै पहिलो पटक क्यूएए प्रमाण पत्र पाउने शैक्षिक संस्था बन्न सफल भएको छ । क्याम्पसले १२० वटा मुल्याकंनको सुचकको आधारमा विश्व विद्यालय अनुदान आयोगले मुल्याकंन गरे पछि मात्र उक्त प्रमाण पत्र पाउने गर्दछ ।
दशै भर १ हजार ४४२ मध्ये हालसम्म ६८ वटा क्याम्पसले मात्र क्यूएए प्राप्त गरेको विश्व विद्यालय अनुदान आयोगका क्यूएए विभागका निर्देशक डा.ऋषिकेश पाण्डेले जानकारी दिए । विभागले पछिल्लो पटक देशको विभिन्न जिल्लाका ८ वटा शैक्षिक संस्थाहरुलाई यो प्रमाण पत्र दिइको हो ।
२०४२ सालमा स्थापना भएको उक्त कलेजमा हाल स्नातक तह र डिग्री गरी ५ विभिन्न समूहमा कक्षा सञ्चालन हुदै आएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिए । कलेजमा हाल गोरखा सहित लमजुङ, तनहुँ, धादिङ र चितवनका गरी कुल ७३४ जना बिद्यार्थी
ले अध्ययन गर्दै आएका क्याम्पस प्रशासनले जनाएको छ ।
कलेजमा स्नातक तर्फ ब्यवस्थापन, मानविकी र शिक्षाका साथै डिग्री तर्फ ब्यवस्थान र मानविकी कक्षा सञ्चालन गरिएको छ ।
गोरखा नगरपालिका ९ को लक्ष्मी बजारमा संञ्चालीत कलेज ४५ रोपनी जमिनमा फैलिएको छ । केलेजलाइ यही असार २९ गते बुधबार आयोगको सानो ठिमीमा हुने कार्यक्रममा प्रमाण पत्र बितरण गरिने विश्व विद्यालय अनुदान आयोगले पत्र मार्फत जानकारी गराएको छ ।



