सन्दर्भ तस्बिर
गोरखा । जबरजस्ती करणी गरी फरार रहेका गोरखाका एक शिक्षक १० वर्षपछि पक्राउ परेको छ ।
साविक गोरखा नगरपालिका ७ घर भएका ४५ वर्षीय भरत ढकाललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
ढकाल गोरखा नगरपालिका १० को छेपेटारमा रहेको तारा उच्च माध्यामिक विद्यालयका शिक्षक भएकाे प्रहरीले जनाएकाे छ । ब्युरोलो ढकाललाई शुक्रबार भरतपुर नगरपालिका १५ पिठुवाबाट पक्राउ गरेको हो ।
शिक्षक ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतो जानकारी दिए ।
उच्च अदालत कास्कीले ढकाललाई ५ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो । तर फैसला लगत्त शिक्षक ढकाल फरार भएका थिए ।
प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको छ ।


