गोरखा । गोरखा प्रहरीले जिल्लाको विभिन्न स्थान करिब ४० हजार बोट गाँजा नष्ट गरेको छ । लागू औषध नियन्त्रण अभियान अन्तरर्गत मनसुन परिवर्तन भए संगै प्राकृतिक रुपमा उम्रिएका ३९ हजार ८६५ बोट गाँजा नष्ट गरेको हो ।
प्राकृतिक रुपमा उम्रिएका त्यस्ता गाँजाका बोटहरुलाई संरक्षण गरी लागू औषधमा लागेका ब्यक्तिहरुले प्रयोग गर्ने तथा बिक्री गर्ने जस्ता क्रियाकलाप गर्न सक्ने भन्दै प्रहरीले स्थानिय क्लब, आमा समूह र सरोकार वाला निकायसंग समन्वय गरेर फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
प्रनाउ लामिछानेका अनुसार जिल्लाको विभिन्न स्थानमा रहेको मातहतका प्रहरी इकाईहरुबाट प्रहरी परिचालन गरेर अहिलेसम्म उक्त संख्यामा गाँजाको बोट फडानी गरिएको हो ।
गोरखा प्रहरीले अभियान संञ्चालन गरेको साता दिन भित्रै यती ठुलो संख्यामा गाँजा फडानी गरेको हो । पछिल्लो पटक गोरखा प्रहरीले शुक्रबार मात्रै ८ हजार ४२८ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
प्रउ खनालका अनुसार स्थायिनको सूचनाको आधारमा प्रहरीले सामुदाय प्रहरी साँझेदारीमा स्थानिय संघ संस्थाको सहयोगमा जिल्ला भित्र करिब ४० हजार गाँजाको बोट नष्ट गर्न सफल भएको हो । यो अभियान अझै केही समय जारी रहने पनि प्रहरी उपरिक्षक खनााले बताए ।
तस्बिर जिल्ला प्रहरी कार्यालय गाेरखा




















