सन्दर्भ तस्बिर
गोरखा । गोरखा नगरपालिका कुरिनडाँडामा आज एक बृद्व मृत्त फेला परेको छ । मृत्त ब्यत्ति स्थानिय ७० वर्षीय कृष्णप्रसाद ढकाल भएको गोरखा प्रहरीले जानकारी दिएको हो ।
गोरखा नगरपालिका ११ को कुरिनडाँडा निवासी ढकालको शव सोमबार बिहान ११ बजे फेला परेको हो । घरबाट करिब ३०० मिटर पर गोरेटो बाटोमा उनको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
बाटोमा ढकालको शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत्त ढकालको शवको आजै गोरखा अस्पतालमा पोष्टमार्टम लगत्तै परिवारलाई जिम्मा दिईएको पनि गोरखा प्रहरीले जनाएको छ ।


