गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले केन्द्रीय समितिमा गोरखाका ५ जनालाई मनोनित गरेका छन् । हालै सम्पन्न केन्द्रिय समितिको बैठकले केन्द्रीय समितिमा २ बैकल्पिक केन्द्रीय समितिमा ३ जना गरी ५ जनालाई मनोनित गरेका हुन् ।
माओबादी केन्द्रले कमला नहर्की र खोपबहादुर कंडेललाई केन्द्रीय समितिमा चयन गरेको जनाएको हो । त्यस्तै गरी, पार्टीका गोरखा जिल्ला संयोजक लेखबहादुर थापा सहितका अन्य ३ लाई बैकल्पिक केन्द्रीय समितिमा चयन गरिएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट जिल्ला संयोजक थापा बैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका थिए भने दिपक देवकोटा र भगवती तिवारीलाई पनि बैकल्पिक केन्द्रीय सदस्यमा चयन गरिएको नेकपा माओबादी केन्द्र गोरखाले जनाएको छ ।




















