गोरखा । नेकपा एमाले गोरखाकी नेतृ सम्झना देवकोटाले संगठन विभागको सचिवको जिम्मेवारी पाएकी छिन् । एमालले हालै देवकोटालाई संगठन विभागको सचिवको जिम्मेवारी दिएको हो ।
देवकोटा नेकपा एमालेको केन्द्रिय समेत हुन् । एमालेले केन्द्रिय स्तरको १३ विभाग बनाएर जिम्मेवारी दिने क्रममा देवकोटाले पनि सचिवको जिम्मेवारी पाएकी हुन् ।
देवकोटाले हालै सम्पन्न स्थानिय निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकामा मेयर पदमा उम्मेवादवारी दिईएकी थिईन ।




















