गोरखा । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा हाडजोर्नी र नसा रोग सम्बन्धीको स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको वडा नम्बर १ र २ मा हाडजोर्नी र नसा सम्वनधी समस्या भएका बिरामहरुका लागि १ दिने निःशुल्क फिजियो थेरापी सम्बन्धी शिविर सम्पन्न भएको पालिकाले जनाएको छ ।
शिविरमा ३७ जनाले उपचार सेवा लिएका थिए । अपाङ्गता भएका हाडजोर्नी र नसा सम्वन्धि रोग भएका बिरामीहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको हो । शिविरमा बिरामीहरुका लागि फिजियो थेरापी गराइएको गाउँपालिकाले जनाएको छ ।
शिविर हेन्डिक्याप ईन्टरनेशनल नेपालको आर्थिक तथा प्रबिधिक सहयोगमा सम्पन्न भएको हो ।




















