सन्दर्भ तस्बिर
गोरखा । रसुवामा करेन्ट लागेर गोरखाका १ पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आरुघाट गाँउपालिका ४ को थुमीका २० वर्षिय प्रेम बरामको आज मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो ।
शुक्रबार साँझ रसुवा जिल्लाको नौकुण्ठ गाँउपालिका ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर गंभिर घाइते भएका थिए ।
बरामको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा शनिबार मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ ।




















