गोरखा । गोरखा प्रहरीले बिद्यार्थीहरुलाई मानब बेचविखन बिरुद्वको सचेतना कार्यक्रम गराएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सदरमुकाममा रहेको सरस्वती माध्यामिक बिधालयका बिद्यार्थीहरुलाई मानवबेच बिखन, ओसार पसार बिरुद्ध सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रम अन्तरर्गत बिधालयमा अध्ययनरत मध्ये गोरखा नगरपालिका वडा नम्बर ९ र १० का बिधार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जनानकारी दिएको छ ।
कार्यक्रममा ८० जना बिधार्थीहरु सहभागी रहेको गोरखा प्रहरीले जनाएको छ ।




















