गोरखा । भीमसेन थापा गाउँपालिका भित्र बसोबास गर्ने जेष्ठ तथा असक्त नागरिकहरुको लागि आजदेखी घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको छ ।
पालिका भित्रका जेष्ठ नागरिक, असक्त तथा विपन्न व्यक्तिहरुको घर घरमा पुगेर निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमको आज एक कार्यक्रम बिच पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले उदघाट्न समेत गरे ।
‘‘गाउँ टोल घर घरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरको अध्यक्ष बञ्जाराले बताए ।
बिहिबार पहिलो दिन वडा नम्बरको ३ स्थित मानव सेवा आश्रम (बुढी गण्डकी वृद्धाश्रम) बाट कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष बञ्जाराले पालिका भित्र रहेका अशाय र अशक्त भएका व्यक्तीहरुको सहारा स्थानीय सरकार हुने बताए । आजदेखी सुरु गरिएको कार्यक्रम नियमित रुपमा पालिका भित्रका ८ वटै वडामा सञ्चालन गरिने छ ।




















