सन्दर्भ तस्बिर
पोखरा । पोखराको पारवहाउस चोकबाट गोरखा घर भएका १ युवक गाँजा सहित पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका ३० पावरहाउस चोकबाट पोखरा महानगरपालिका ५ प्रस्याङ बस्ने गोरखा भिमसेन गाउँपालिका १ मसेल घर भएका २१ वर्षीय सुजन परियारलाई प्रहरीले करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको ग. १ ख २९५९ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा बसमा सवार सुजनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको कास्की प्रहरील जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।




















