गोरखा । १ बर्ष अगाडी नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका १ युवकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । भीमसेन थापा गाउँपालिका ४ पिपलथोक घर भएका २१ बर्षिय बिनोद बिश्कर्मालाई नियन्त्रणमा लिएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
०७७ साल चैत्र १५ गते राती ९ः३० बजेको समयमा सोही स्थानमा बसोबास गर्ने ‘श कुमारी’ (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरेर फरार भएका विकलाई ०७९ साल असार १४ गते मंगलबार उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
फरार भएका बिक घरमा आएको विशेष सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटना पछि जबजस्ती करणी शिर्षकमा मुद्वा गोरखा जिल्ला अदालतले पुर्पक्षकालागि गोरखा कारागार चलान गर्ने फैसला भए बमोजिम मंगलबार नै पक्राउ परेका बिकलाई अदालत पेश गर्दा कारागार चलान गरिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।




















